नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

भोटेकोशी बाढीबाट उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

काठमाण्डौ– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

जसमध्ये आर्थिक गतिविधि र जीवनयापनमा सबैभन्दा बढी ९७ प्रतिशत असर पुगेको छ । यसैगरी, पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ०.६१ प्रतिशत असर पुगेको छ ।

कृषि क्षेत्रमा एक हजार ८०६ हेक्टरमा रहेको बाली नोक्सान भएको छ । जसमध्ये सिँचाइयोग्य जमिन ६९७.०५ हेक्टर क्षेत्रफल छ । कृषि क्षेत्रमा  एक अर्ब नौ करोड ३० लाख रुपैयाँको क्षति भएको छ । यसको पुनरुत्थानका लागि एक अर्ब ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ । 

प्राधिकरणका अनुसार माछापालन व्यवसायमा पनि असर परेको छ । माछापालन क्षेत्रमा कुल ७१ करोड रुपैयाँको क्षति पुगेको छ । जसमा पशुपालन, कुखुरा पालन बढी प्रभावित भएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि एक अर्ब ७३ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बाढीका कारण बैङ्कका १७ वटा शाखा कार्यालय प्रभावित भएका छन् । यसको पुनरुत्थानका लागि एक अर्ब आठ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । आर्थिक गतिविधि र जीवननिर्वाहका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

बाढीका कारण चार हजार ८०० व्यवसाय प्रभावित भएका छन् । यो क्षेत्रले एक खर्ब ६ अर्ब १९ करोड क्षति बेहोरेको छ भने यसको पुनरुत्थानका लागि ४५ अर्ब ४५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

प्रकाशित मिति:
थप समाज