नेभिगेशन

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धार प्रयास चल्दै

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ र हेडवक्र्समा फसेकाहरूको खोजी भैरहेको छ ।

नेपाली सुरक्षाकर्मीसहित भारत, चीन, दक्षिण कोरियासहितका देशबाट आएका विज्ञहरु खोजीमा सक्रिय छन् । माथिल्लो त्रिशूली–१, चिलिमे, त्रिशूली थ्री ‘बी’ र लाङटाङ खोला जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजी जारी भैरहेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार हिजो माथिल्लो त्रिशूली १ मा थप एक जना शव फेला परेको छ । यस्तै, चिलिमे जलविद्युत केन्द्रको सुरुङभित्र केही ग्याप देखिएको र आवाज दिँदा इको आएको उद्धार टोलीले जनाएको छ ।  

त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन् गर्दा अहिलेसम्म केही फेला पर्न नसकेको इप्पानले जानकारी दिएको छ ।

भोटेकोसी बाढीले ११ जलविद्युत् आयोजनामा क्षति क्षति पुर्याएको छ भने अझै ९ सयभन्दा धेरै सम्पर्कविहीन छन् । 

प्रकाशित मिति:
थप समाज