नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३८५ जनाकाे शव भेटियाे

काठमाण्डाै – भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ३८५ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । काठमाण्डौमा उपचारका क्रममा २ जनाको ज्यान गएको छ ।

प्राधिकरणका अनुसार अझै ५ हजार १३० जना सम्पर्कविहीन छन् । बाढीमा परेर ३३७ जना घाइते भएका छन् भने २६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अहिलेसम्म १३ हजार ६७६ जनाको उद्धार भएको छ । अहिले नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५ जना, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन् ।

भोटेकोशी बाढीको आज १७औँ दिन खोज, उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज