नेभिगेशन
शनिबार, भदौ २७, २०८३

भोटेकोशी बाढी : झण्डै ३३ हजार जनसंख्या प्रभावित, ५ हजारभन्दा धेरै अझै सम्पर्कविहीन

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै ३३ हजार मानिस प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आंकलन प्रतिवेदनअनुसार बाढीबाट आठ हजार ३१७ परिवार प्रभावित भएको उल्लेख छ । ती परिवारका ३२ हजार ९३६ जना प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

बाढीबाट सात हजार ५७० निजी भवनमा क्षति पुगेको छ । बाढीबाट सबैभन्दा बढी चार वटा पालिकाका नागरिक प्रभावित भएका छन् । यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका तीन हजार ४३१, रसुवाको गोसाइँकुण्डका एक हजार १५६, धादिङको बेनीघाट रोराङका एक हजार १४९ र नुवाकोटको किस्पाङका ७२१ परिवार रहेका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीमा परेर एक हजार ३८६ जनाको ज्यान गएको छ । बाढीपछि पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोज तथा उद्धारको काम भैरहेको प्राधिकरणले जनाएको छ ।

बाढीबाट १३ जलविद्युत् आयोजना, ६८ झोलुंगे पुल, ३७ मोटरेबल पुल, ६९ किलोमिटर सडक र ४४३ किलोमिटर खानेपानीको पाइपलाइनमा क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । भोटेकोशी बाढीले सबै क्षेत्रमा गरेर चार खर्ब आठ अर्ब बराबरको क्षति पुगेको छ ।

अहिले प्रभावित क्षेत्रमा तत्कालका लागि आठ अर्ब ७३ करोड रुपैयाँ लाग्ने आंकलन छ । दीर्घकालीन रुपमा पुनर्स्थापनाका लागि सात खर्ब २३ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको प्रारम्भिक आंकलन छ । 


NDRRA-1789170189.jpg
 

प्रकाशित मिति:
थप समाज