नेभिगेशन
शनिबार, भदौ २७, २०८३

वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन

काठमाण्डौ – वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भई आज बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल, अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकैक्रममा निधन भएको अस्पतालका डा. दिवाकार सिंह थापाले जानकारी दिनुभयो ।

२०१६ साल माघ ७ गते इलाममा जन्मिएका गौतम काठमाण्डौको थानकोटमा बस्दै आउनुभएको थियो । उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति:
थप समाज