नेभिगेशन
आइतबार, भदौ २८, २०८३

बाढीको समस्या घटाउन महानगरले ‘रिचार्ज काठमाण्डाै’ अभियान चलाउने

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले शहरी बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाण्डाै’ अभियान सञ्चालन गर्ने भएको छ ।

आज काठमाण्डाै महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले याे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाण्डाैमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्न यो अभियान अघि बढाउन लागिएको हो ।

विगत ३ दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले ‘अर्बन फ्ल्यास फ्लड’ अर्थात् शहरी बाढीको मुख्य समस्या निम्तिएको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो ।

पानी पर्दा चैनले सुत्न सक्ने अवस्था नरहेको र विपद् व्यवस्थापन टोली रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले तत्काल गर्न सकिने कामबाटै समाधानको थालनी गर्न यो अभियान शुरू गर्न लागिएको स्पष्ट पार्नुभयो ।

शहरी बाढी समस्याको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययनसमेत गरिरहेको र त्यही आधारमा विपद् व्यवस्थापनका थप प्रभावकारी कार्यक्रम ल्याइने महानगरपालिकाले जनाएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज