नेभिगेशन
सोमबार, भदौ २९, २०८३

बाढीको विपद्ले यस वर्षको तीज खल्लो : प्रभावित बस्तीमा छैन उत्सव

काठमाण्डौ - विगतमा तीज आउनु हप्तौँअघि रौनक शुरु हुन्थ्यो । 

तीजका गीत घन्किन्थे, नाचगान, दर खानेलगायतका कार्यक्रम हुन्थे । तर गएको भदौ १० को भोटेकोशी बाढीका कारण यस वर्ष तीज खल्लो भएको छ । विपद्को पीडा र प्रभावित बस्तीमा उत्सव छैन । रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन देशका अरू ठाउँमा पनि यो विपद्को पीडा छ । 

बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन् । बाढीबाट अहिलेसम्म एक हजार ३८८ जनाले ज्यान गुमाएका छन् । झण्डै ५ हजार सम्पर्कविहीन छन् । कतिपयका घर बगेका छन् । आज २० औँ दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन् । 

तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डौको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन् । तर विगतमा जस्तो चहलपहल र भिडभाड छैन । 

काठमाण्डौका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन् ।   
 

प्रकाशित मिति:
थप समाज