नेभिगेशन
सोमबार, भदौ २९, २०८३

जाजरकोटको बौलाहा खोलामा बाढी : केही घर/पसलमा क्षति, भेरी करिडोर अवरुद्ध

काठमाण्डौ - जाजरकोटको नलगाड नगरपालिका–१ र २ को बिचमा पर्ने बौलाहा खोलामा गएराति बाढी आएको छ । 

बाढीले खोला नजिकै रहेका केही घर/पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेका नलगाड नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर महरले बताउनुभयो । 

बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ । जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासीन्दालाई समस्या भएको छ । 

अवरुद्ध सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
 

प्रकाशित मिति:
थप समाज