नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

क्षयरोगविरूद्धका नयाँ खोपहरूले दशौँ लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दाबी

क्षयरोग अर्थात् (टीबी) विरूद्धका नयाँ खोपहरूले एक दशकभित्र ७० लाखभन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाभीले जनाएको छ ।

परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धीमुलक रोगप्रतिरक्षण उपकरण’ बन्न सक्ने क्षमता राख्ने गाभीका प्रमुख सानिया निश्तारले बताउनुभएको छ ।

सन् २०२९ देखि उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरु सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड दिएको छ । नयाँ र आशाजनक ‘अन्तिम परीक्षण’ मा रहेका खोपहरूमध्ये एकले आगामी एक दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ ।

गाभीको नयाँ विश्लेषणअनुसार तिनीहरूले ‘सन् २०३० देखि २०५० सम्म’ मा ७३ लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन् । खोपहरूले शताब्दीको मध्यसम्म ‘न्यून र मध्यम आय भएका देशहरूमा १३५ अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाभीले जनाएको छ ।

गाभीले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ । अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्तपोषणले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाभीको विश्लेषण छ ।

यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट–गेरिन (बीसीजी) रहेको छ । जुन बालबालिकालाई दिदै आएको छ । सरकार र निजी दाताहरूलाई एकत्रित गरी विकासशील देशहरूलाई प्रमुख रोगहरूका लागि किफायती मूल्यमा खोप प्राप्त गर्न मद्दत गर्ने गाभीले भनेको छ ।

यसले नियमित खोपमार्फत व्यापक प्रयोगका लागि जोड दिने र नयाँ टीबीविरूद्धका खोपका अन्तिम चरणमा पुगेका परीक्षणलाई प्रतिस्पर्धात्मक र भौगोलिक रूपमा विविध स्वचालित चरणको क्रमलाई प्रोत्साहन गर्ने पनि बताएको छ ।

प्रकाशित मिति:
थप विश्व