नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

काठमाण्डौको माइतीघर मण्डलामा राखिएका टेन्टहरू प्रहरीले हटायो

काठमाण्डौ – काठमाण्डौको माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ ।

टेन्ट टाँगेर बसेकाहरुलाई असुरक्षा र स्वास्थ्यमा समस्या आउने भन्दै सुरक्षाकर्मीले त्यहाँबाट टेन्ट हटाएका हुन् । रातमा टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको भनाइ छ ।

माइतीघर मण्डलामा रातिमा बस्न रोक लगाए पनि दिउँसोमा गरिने कार्यक्रम तथा प्रदर्शनलाई भने कुनै रोक नलगाएको सम्बन्धित निकायले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज