नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

चिलिमे जलविद्युत‍्को सुरुङमा ३ वटा शव फेला

काठमाण्डाै – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ वटा शव फेला परेको छ ।

खोजीका क्रममा आज दिउँसो ३ वटा शव भेटिएको र तीमध्ये २ वटा निकालिसकेको नेपाली सेनाले जानकारी दिएको छ । सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ३ वटा शव भेटिएका हुन् ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशङ्कामा खोजी तथा उद्धार चलिरहेको छ ।

प्रकाशित मिति:
थप समाज