नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

उनीहरूमाथि आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भएको ढाका सिलाइ बुनाइसम्बन्धी ९० दिने तालिममा प्रशिक्षकको काम दिलाएबापत ४५ हजार रुपैयाँ घुस लिएको आरोप छ ।

उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आमा–छोराकै मिलेमतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवै जनालाई ४५ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हाे ।

प्रकाशित मिति:
थप समाज