नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

चिलिमेकाे सुरुङमा ५ वटा शव फेला

काठमाण्डाै – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ५ वटा शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ती शव भेटिएका हुन् । फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशङ्कामा खोजी तथा उद्धार चलिरहेको छ ।

प्रकाशित मिति:
थप समाज