नेभिगेशन
बुधबार, असोज ७, २०८३

भोटेकोशी बाढीमा ६ हजार १५० अझै सम्पर्कविहीन

काठमाण्डौ – भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ४०३ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ ।

उपचारका क्रममा काठमाण्डौमा दुई जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । हालसम्म फेला परेका शवमध्ये १०५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाइएको छ ।

६ हजार १५० जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार बाढीपछि अहिलेसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ ।

सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज