नेभिगेशन
बुधबार, असोज ७, २०८३

सार्वजनिक यात्रुवाहक गाडीको दर्ता खुला

काठमाण्डौ –  यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता आजदेखि खुला गरेको छ ।

विभागले अस्ति भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाण्डौ उपत्यकाभित्रको रुट तथा सार्वजनिक गाडी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुला गरेको हो ।

विभागले सार्वजनिक गाडीको दर्ता खुला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार काठमाण्डौ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाडीको दर्ता खुला हुनेछ । नयाँ दर्ता गर्दा विद्युतीय सार्वजनिक यात्रुवाहक गाडीहरुलाई प्राथमिकता दिने विभागले जनाएको छ ।

तर, उपत्यकाभित्र भने सबै प्रकारका नयाँ सार्वजनिक गाडीको दर्ता खुला गरिएको छैन । विभागका अनुसार उपत्यकाभित्र विद्यालयका बस तथा सट्टाभर्नाको हकमा मात्र सार्वजनिक गाडीको दर्ता खुला गरिएको हो ।

यसअघि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्या तथा ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै जेठ ८ गतेदेखि नयाँ दर्ता अर्को सूचना नभएसम्मका लागि रोक्का गरेको थियो । 

प्रकाशित मिति:
थप समाज