नेभिगेशन
शनिबार, असोज ३, २०८३

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँको मौसम घमाइलो

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ । गएराति गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा ठूलो वर्षा भए पनि आज बिहानदेखि मौसम घमाइलो भएको हो । तर आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने अनुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

तराईका थोरै ठाउँमा पनि मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ । वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज