नेभिगेशन
शुक्रबार, असोज २, २०८३

बिग्रिएको सडकको जानकारी अब मोबाइल एपबाटै

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सडक बिग्रिएको छ ? सडकमा खाल्डाखुल्डी छन्, पानी जमेको छ वा सडक निर्माणका क्रममा समस्या देखिएको छ ? अब यस्ता समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन कार्यालय धाइरहनु नपर्ने भएको छ ।

सडक डिभिजन कार्यालय काठमाण्डौले ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । एपमार्फत काठमाण्डौ उपत्यकाका सडकमा देखिएका समस्या तथा सडक सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइलबाटै पठाउन सक्नेछन् । यसका लागि ‘सडक सुझाव’ एप डाउनलोड गरी ‘समस्या रिपोर्ट गर्न सकिनेछ ।

सडक डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी समाधानको प्रक्रिया अघि बढाइनेछ। अहिले यो सेवा काठमाण्डौ उपत्यकाका झण्डै ४ सय ७२ किलोमिटर संघीय सडकका लागि प्रयोगमा ल्याइएको छ । अन्य सडक संघीय सडक अन्तर्गत नपर्ने भए त्यसको जिम्मेवार निकायबारे पनि एपले जानकारी दिने व्यवस्था गरिएको छ ।

यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


 

प्रकाशित मिति:
थप समाज