नेभिगेशन
शनिबार, असोज ३, २०८३

पछिल्लो १२ घण्टामा संखुवासभाको ताशी गाउँमा ८८.२ मिलिमिटर वर्षा

काठमाण्डौ – गएराति मधेश प्रदेशको साथै गण्डकी, बागमती र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा संखुवासभाको ताशी गाउँ स्टेसनमा ८८.२ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै  धनुषा जिल्लाको कमला नदी पोर्ताहा स्टेशनमा पनि ४० मिलिमिटर वर्षा मापन भएको छ । अहिले कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज कोशी, बागमती र गण्डकी  प्रदेशको पहाडीभागका एक/दुई ठाउँमा ठूलो  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

देशको तराई भागका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति:
थप समाज