नेभिगेशन
शनिबार, असोज ३, २०८३

जंगली हात्ती रोनाल्डो मृत भेटियो

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र २० हजारी ताल, कुमाल ताल क्षेत्रमा जंगली हात्ती रोनाल्डो मृत भेटिएको छ ।

सौराहा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रको भरपर्दो जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले भाले हात्ती मृत फेला परेको भन्ने प्रारम्भिक जानकारी आएको तर थप विवरण प्राप्त नभएको बताउनुभएको छ ।

२४ वर्षअघि सौराहा क्षेत्रमा यो हात्ती देखिएको थियो । ५३ वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो । बिजुलीको पोल ढालेको पाइएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट ३३ वटा हात्तीका बच्चा जन्मिएका छन् । निकुञ्जका अनुसार यो हात्तीको आक्रमणबाट अहिलेसम्म १५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति:
थप समाज