नेभिगेशन
आइतबार, असोज ४, २०८३

आज कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डौ – आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, तराईका एक/दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।

गएराति देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो । यसैबीच यही असोज ८ गते अर्थात् बिहीबारदेखि पाँच दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसैअनुसार पूर्वतयारी गर्न त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले आग्रह गर्नुभएको छ ।

यस्तै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि मौसमको पूर्वानुमानसहित ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भैरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज