नेभिगेशन
सोमबार, असोज ५, २०८३

पाँचखालका दलित शिशुको खातामा नगरपालिकाले एक लाख रुपैयाँ जम्मा गरिदिने

काठमाण्डाै – काभ्रेको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ ।

नगर कार्यपालिकाको १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरिएको मेयर महेश खरेलले जानकारी दिनुभयो ।

सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति नगरपालिकाले सार्वजनिक ‘माफी’ मागेको छ । विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउँदै पालिकामा पहिलो पटक याे कार्यक्रम सार्वजनिक गरेको हो ।

पाँचखाल नगरभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरले एक लाख रुपैयाँ बराबर रकम बैंक खातामा जम्मा गरिदिनेछ । मेयर खरेलका अनुसार जम्मा गरिएको रकम १८ वर्षसम्म झिक्न पाइने छैन ।

याे रकम उच्च शिक्षा, सीप विकास तथा भविष्य निर्माणमा उपयोग गर्न सकिने नियम बनाइएको छ । यदि शिशुको मृत्यु हुन गएमा याे रकम उनकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
थप समाज