नेभिगेशन
सोमबार, असोज ५, २०८३

पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँ : अध्यक्ष सिटौला

काठमाण्डौ -  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताउनुभएको छ ।

यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा चाडपर्वको समयमा मूल्यवृद्धि गर्न नहुने बताउनु भएको हो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेमा सरकारले तोकेको सार्वजनिक यातायातको भाडादर नै कायम रहने स्पष्ट पार्नुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा  व्यवसायीले बाध्य भएर यातायात भाडा बढाउनुपर्ने अवस्था आउने बताउनुभयो । 

साथै, उहाँले चाडपर्वका समयमा तोकिएको भन्दा बढी भाडा असुल्ने अवस्था आउन नदिन यात्रुलाई पनि आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन आग्रह गर्नुभएको छ । 

प्रकाशित मिति:
थप अर्थ