नेभिगेशन
बिहीबार, असोज ८, २०८३

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाण्डौ - विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई यो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

डा गुरुङले बाढीबाट प्रभावितहरू अझै पनि सम्पर्कविहीन रहेका र सडक तथा सञ्चार सम्पर्कमा अत्यधिक क्षति पुगेको अवस्थामा कोषले ती समुदायमा पहुँच पुनः स्थापित गर्न र उनीहरूलाई पुनः जोड्न सरकारका तत्कालीन प्रयासलाई सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति:
थप अर्थ