नेभिगेशन
बिहीबार, असोज ८, २०८३

अण्डाको मूल्य फेरि बढ्यो

काठमाण्डौ - बजारमा अन्डाको मूल्य फेरि बढेको छ । 

नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाएको हो । संघले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार सबैभन्दा ठूलो अर्थात् ९ एक्सएल अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ । 

नयाँ मूल्यअनुसार ९ एक्सएल अन्डा प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ६०० रुपैयाँ पर्नेछ । यसअघि भदौ १९ गतेदेखि लागू हुने गरी संघले ९ एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अन्डा ५९० रुपैयाँ र मिडियम अन्डा ५५० रुपैयाँ तोकेको थियो । 

प्रकाशित मिति:
थप अर्थ