नेभिगेशन
बिहीबार, असोज ८, २०८३

धादिङको ज्यामिरेघाटमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै ज्यामिरेघाटमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

यस्तै वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । 


कान्ति राजमार्गमा भोलिदेखि आइतबारसम्म बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्न दिइनेछ । त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पनि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्ने दिनेछ ।

कान्ति राजपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा गाडी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । 

यसैगरी, विपी राजमार्गमा पनि आजदेखि चार दिनसम्म रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । 

यातायात व्यवसायीले अबका केही दिन लामो दूरीको यात्रा तथा रातिको समयमा हुने यात्रा सकेसम्म नगर्न आग्रह गरेका छन् । अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे सम्बन्धित सडकको अवस्था, मौसम र प्रशासनले जारी गरेको सूचनाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
थप समाज