नेभिगेशन
बिहीबार, असोज ८, २०८३

धादिङको ज्यामिरेघाटमा पहिरोले अवरुद्ध सडक खुल्यो

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै ज्यामिरेघाटमा गएराति पहिरो खसेपछि अवरुद्ध सडक खुलेको छ ।

सडकमा खसेको पहिरो हटाएपछि गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ । तर वर्षाको बेला पहिरो खस्ने जोखिम रहकाले यात्रा गर्दा सावधानी अपनाउन स्थानीय प्रशासनको आग्रह छ ।

यस्तै वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्न दिइनेछ । त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पनि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्ने दिनेछ ।

यसैगरी, विपी राजमार्गमा पनि आजदेखि चार दिनसम्म रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । 
 

प्रकाशित मिति:
थप समाज