नेभिगेशन
बिहीबार, असोज १५, २०८३

वर्षाले सडकयात्रा असहज, सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाण्डौ – गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेकाले सडकमा गाडी सञ्चालनमा समस्या भएको छ । काठमाण्डौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्गको कृष्णभीर नजिकै पहिरो खस्दा सडक रातभर सडक अवरुद्ध भएकोमा बिहानदेखि खुलेको छ ।

ठाउँठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्न दिइनेछ । त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पनि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्ने दिनेछ ।

यसैगरी विपी राजमार्गमा पनि आजदेखि चार दिनसम्म रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । 

प्रकाशित मिति:
थप समाज