नेभिगेशन
शनिबार, असोज १०, २०८३

नियमित पानी परेसँगै काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

काठमाण्डाै – दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डाै उपत्यकाको फोहर अन्तिम व्यवस्थापनमा समस्या भएको छ ।

काठमाण्डाै महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण ‘सिस्डोल ल्यान्डफिल साइट’ मा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो ।

अन्तिम फोहर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ । घर, पसल, व्यवसाय र कम्पाउन्डको फोहर सडक र सार्वजनिकस्थल, खोलानाला र खुला ठाउँमा नफाल्न आग्रह गर्दै उहाँले यी ठाउँमा फोहर फाले सडक अवरुद्ध हुनुका साथै पानी निकासमा समेत बाधा पुग्ने बताउनुभयो ।

अवस्था सामान्य हुनासाथ फोहर सङ्कलन तथा ढुवानी नियमित रूपमा हुने पनि राईले जानकारी दिनुभयो ।

ल्यान्डफिल साइटमा अहिले काठमाण्डाै उपत्यकाको १८ वटा पालिकाको फोहर दैनिक झन्डै २०० गाडीले अन्तिम रूपमा व्यवस्थापन गर्दै आएका छन् ।

प्रकाशित मिति:
थप समाज