नेभिगेशन
शनिबार, असोज १०, २०८३

राष्ट्रपति पाैडेलद्वारा इन्द्रजात्रा अवलाेकन

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डाैकाे वसन्तपुर डबलीमा पुगेर इन्द्रजात्राकाे अवलोकन गर्नुभएको छ । उहाँले आज इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो ।

राष्ट्रपति पाैडेलकाे साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो । साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएको थियो ।

सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रमा रहेकाे गद्दी बैठकसम्म पुग्नुभएको थियो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज