नेभिगेशन
आइतबार, असोज ११, २०८३

बाग्मतीसहित पश्चिमका धेरै ठाउँमा झरी, भोलिदेखि मौसम क्रमशः खुल्ने

काठमाण्डौ – बाग्मतीसहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ ।

बङ्गालको खाडीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो ।

हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाण्डौ उपत्यकामा झरी रोकियो । तर बेलुका र गएराति काठमाण्डौ उपत्यकासहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार योक्रम आज पनि निरन्तर चल्नेछ । मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ । कोशीबाट बाहिरिइसकेको अनि बागमती र मधेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेश र बागमतीमा भने कुनै जोखिम छैन ।

त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिममा आज पनि पानी पर्नेछ । गएराति पनि पश्चिमका धेरै ठाउँमा मध्यम बर्षा र केहि ठाउँमा मुसलधारे पानी परेको छ । आजदेखि कोशी र मधेशमा मौसम खुल्ने, काठमाण्डौ उपत्यकालगायत बाग्मतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ ।

चितवनको नारायणी नदीदेखी पश्चिम अर्थात गण्डकी, लुम्बिनि, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रुपमा खुल्ने अनुमान छ ।

मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमबारेका जानकार उज्ज्वल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । त्यसपछी यो हप्ताभर धेरै ठूलो वर्षा छैन ।

यद्यपी मनसुनी प्रणाली देशैभरी अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ । अबको ८/१० घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज