नेभिगेशन
आइतबार, असोज १८, २०८३

सेतीको बहाव बढ्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी

काठमाण्डौ – निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ ।

रामघाटमा साँघुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो । रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढाएको कास्की प्रशासनले जनाएको छ । साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह पनि गरेको छ ।

रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरामहानगरको वडा–९ र ११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् ।

सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

हिजो बेलुका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

प्रकाशित मिति:
थप समाज