नेभिगेशन
आइतबार, असोज ११, २०८३

पाल्पाको माथागढी–३ मा पहिरोले घर पुरिँदा ३ जना सम्पर्कविहीन

काठमाण्डौ – पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको अवस्था थाहा हुन सकेको छैन ।

आज बिहान  साँढे चार बजे तिर घर माथिबाट पहिरो खसेको हो । पहिरोले घर पुरेपछि ७५ वर्षीय लिलबहादुर घर्ती , उहाँकी छोरी १७ वर्षीया  दिना घर्ती र  छिमेकी माेतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती सम्पर्कविहीन भएको वडाअध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

घर माथिबाट आएको ठूलो ढिस्कोसहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ । ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताउनुभयो ।

घटनालगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज