नेभिगेशन
आइतबार, असोज ११, २०८३

मलेखु–मुग्लिन खण्ड खुलाउन १० वटा उपकरण परिचालन

काठमाण्डाै – अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड खुलाउन १० वटा डोजर तथा एक्स्काभेटर परिचालन गरिएको छ ।

विपद् व्यवस्थापन टोली तथा सडक डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुङ्गा–माटो पन्छाएर सडक खुलाउने काम भइरहेकाे हाे ।

nagdhunga-muglin-road-1-1790496973.jpg

वर्षाका कारण देशका विभिन्न भू–भागसँगै सङ्घीय राजधानी काठमाण्डाैलाई जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग पनि प्रभावित भएको छ । मलेखुदेखि मुग्लिनसम्मको सडक खण्डमा लेदोसहितको ठूलो पहिरो खस्दा गाडी आवागमन पूर्णरूपमा ठप्प बनेको छ ।

सडकलाई एकतर्फी भए पनि तत्काल सञ्चालनमा ल्याएर रोकिएका गाडी र यात्रुलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

वर्षाका कारण देशभरका नदी तथा खाेलामा बाढी आउनुका साथै पहाडी भूभागमा पहिरो खस्ने क्रम बढेको छ । सुरक्षा निकाय तथा सडक विभागले अत्यावश्यक कामबाहेक पहिरो जोखिमयुक्त सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न यात्रुलाई अपील गरेका छन् ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज