नेभिगेशन
सोमबार, असोज १२, २०८३

मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता

काठमाण्डाै – मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर ५ मा रहेको हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ ।

बिहान हिउँपहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारका लागि चार जनाको टोली हेलिकप्टरमार्फत गएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाँ नौ जना पर्वतारोही र १३ जना सहयोगी गएकामा उनीहरूमध्ये १० जना हराएका जानकारी आएको छ । तर सङ्ख्या यकिन भएको छैन । स्थानीयबाट दुई जनाको शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो ।

हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज