नेभिगेशन
सोमबार, असोज १२, २०८३

संवैधानिक दायित्वमा अवरोध गर्ने प्रहरीलाई कारबाही गर : मानव अधिकार आयोग

काठमाण्डौ - राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकारमा प्रहरीबाट अवरोध गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रहरी परिसर टेकुमा आयोगका अनुगमन टोलीलाई आज प्रवेशमा रोक लगाइएको घटनालाई संवैधानिक तथा कानूनी अधिकारविपरीत व्यवहार भन्दै आयोगले खेद प्रकट गरेको हो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाबारे अनुगमनका लागि आयोगको टोली आज प्रहरी परिसर पुगेको थियो । तर, नेपाल प्रहरीले आफ्नाे टोलीलाई जबरासँगको भेटघाटमा रोक लगाएको आयोगको भनाइ छ ।

प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा पनि पूर्वप्रधानन्यायाधीश जबरासँग भेटका लागि टोलीलाई अनुमति नदिइएको आयाेगले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ । साथै जबरासँग भेट गर्न नदिनुकाे कारणबारे पनि जानकारी नदिएकाे आयाेगकाे भनाइ छ ।

आयोगले आफ्नाे संवैधानिक तथा कानूनी दायित्वमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति:
थप समाज