नेभिगेशन
आइतबार, असोज १८, २०८३

ललितपुरको धापाखेलमा पहिरोले साढे दुई तले घर ढल्यो

काठमाण्डौ – ललितपुर महानगरपालिका धापाखेलमा पहिरोका कारण साढे दुई तले घर ढलेको छ ।

वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर आज बिहान ढलेको ललितपुर प्रहरीले जनाएको छ ।

पहिरोको जोखिमका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकोले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
थप समाज