नेभिगेशन
सोमबार, असोज १२, २०८३

जडीबुटी सङ्कलन गर्न गएका हुम्लाका १० र मुगुका २ जना सम्पर्कविहीन

काठमाण्डाै – जडीबुटी सङ्कलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका १० र मुगुका दुई गरी १२ जना सर्वसाधारण सम्पर्कविहीन भएका छन् ।

सिमकोट गाउँपालिका–२ ठेहेका १० जना र मुगुका दुई जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

परिवारका अनुसार उनीहरू खार्पुनाथ र चङ्खेली गाउँपालिकाको सीमामा पर्ने त्रिशूली लुरुपे सामुदायिक वन क्षेत्रमा जडीबुटी सङ्कलनका लागि गएका थिए ।

अत्यधिक हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल शुरू गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शङ्कर भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज