नेभिगेशन
बुधबार, असोज १४, २०८३

‘तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फ सडकमा कुनै अवरोध छैन’

काठमाण्डाै – सडक डिभिजन कार्यालय चरिकोट दाेलखाले चीनसँगको तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फ सडकको कुनै समस्या नरहेको बताएको छ ।

नेपालतर्फको सडक अप्ठ्यारो भएका कारण गाडी चल्न नसकेको भन्ने चिनियाँ पक्षको दाबीलाई खण्डन गर्दै सडक डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले नेपाल तर्फको सडकका कारण आवतजावत नरोकिने बताउनुभयो ।

चीनतर्फका ३ वटै मुख्य नाका बन्द भएपछि नेपाल, चीन र परराष्ट्र मन्त्रालयसहितको संयुक्त टोलीले पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको थियो ।

अहिले एकतर्फी सडक चलिरहेको र अबको ३–४ दिनभित्रै सडकलाई दुईतर्फी नै सञ्चालन गर्न सकिने भन्दै भण्डारीले नाका खुलेको खण्डमा नेपालतर्फको बाटोले १ घण्टा पनि गाडी नरोकिने दाबी गर्नुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज