नेभिगेशन
बिहीबार, असोज १५, २०८३

पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ – आज पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाडका थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

हिमाली र पहाडी क्षेत्रमा सामान्य बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज