नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

गएराति केही ठाउँमा छिटपुट वर्षा

काठमाण्डौ – गएराति देशका केही ठाउँमा छिटपुट पानी परेको छ ।

तर ठूलो पानी परेन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि ठूलो वर्षाको सम्भावना छैन ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ  ।

यसैबीच, काठमाण्डौ जोड्ने मुख्य सडकमा यतिबेला नियमित गाडी चलिरहेका छन् । पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा कतै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज