नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

बाघको आक्रमणबाट कैलालीमा एक जनाको ज्यान गयो

काठमाण्डौ – कैलालीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकोे छ ।

गौरीगङ्गा नगरपालिका–६ मा रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो ।

उहाँसँगै गएका अरु दुई जनाले भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज