नेभिगेशन
सोमबार, असोज २६, २०८३

अमेरिकाका हल र वुडफोर्डलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ ।

‘न्यु केनेसियन प्याराडाइम’ भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतारचढावहरूलाई सन्तुलित बनाउन विश्वभरका नीति–निर्माताहरूलाई सहयोग पुर्‍याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ । समितिका अनुसार उहाँहरूका मोडेलहरूले प्रभावकारी स्थिरीकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन् ।

अर्थशास्त्री हल र वुडफोर्डले संयुक्त रूपमा १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ ।

योसँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ । गएको सोमवार चिकित्साशास्त्र, मङ्गलवार भौतिकशास्त्र, बुधवार रसायनशास्त्र, बिहीवार साहित्य र शुक्रवार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो ।

विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।

प्रकाशित मिति:
थप विश्व