नेभिगेशन
बिहीबार, असोज २९, २०८३

स्टारलिङ्कमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित

स्पेसएक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकारक्षेत्र भित्र पर्ने बताउनुभएको छ ।

मस्कका अनुसार अमेरिकी सरकारको सैन्य सञ्चार सेवा स्टारसिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

युक्रेनले सैन्य ड्रोन सञ्चालन तथा हवाई सुरक्षाका लागि स्टारलिङ्क इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ । तर, गएको मंगलबार राति स्टारलिङ्कमा लगाइएको नयाँ गति सीमाका कारण युक्रेनी सेनाका केही सैन्य अभियान प्रभावित भएका छन् ।

नयाँ व्यवस्थाअनुसार प्रतिघण्टा एक सय ६० किलोमिटरभन्दा बढी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमा हिजो बेलुकीसम्म सेवा आंशिक रूपमा पुनःस्थापित भएको खबरमा उल्लेख छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्क्रेस्नोभले स्टारलिङ्कमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई र युक्रेन तथा अमेरिकाबीच बढिरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ ।

यद्यपि, अमेरिकी सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन । स्टारलिङ्क स्पेसएक्सको स्वामित्वमा रहेको इन्टरनेट सेवा हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पछिल्लो समय युक्रेनमाथि दबाब बढाउँदै आउनुभएको छ । 

प्रकाशित मिति:
थप विश्व