नेभिगेशन
बिहीबार, असोज २९, २०८३

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपद्पछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सघाउन एशियाली विकास बैंक (एडीबी) लाई आग्रह गर्नुभएको छ ।

थाइल्यान्डमा एडीबी अध्यक्ष मासाताे कान्दासँगकाे भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपत्कालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा. वाग्लेले एडीबीप्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

अर्थमन्त्री वाग्ले थाइल्यान्डको राजधानी बैंककमा चलिरहेकाे विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएपएफ) को वार्षिक बैठकमा सहभागी हुन पुग्नुभएकाे हाे ।

प्रकाशित मिति:
थप अर्थ