नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ ।

अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो ।

नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४ मा राखेपले संघको पदेन सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार राखेपले शाहलाई क्यानको सदस्यमा मनोनीत गरेको थियो । तर, मनोनीत भएको एक महिना नपुग्दै राखेपले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

राखेपले शाहसँगै नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्णहरि सेजु, नेपाल ब्याडमिन्टन संघका शम्भु कार्की र नेपाल साइकलिङ महासंघका गणेशप्रसाद मैनालीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति:
थप खेलकुद