नेभिगेशन
शुक्रबार, कात्तिक ६, २०८३

रास्वपाका सभापति लामिछाने आज भारत जाँदै

काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाँदै हुनुहुन्छ । 

उहाँको निजी सचिवालयका अनुसार परिवारसहित हुने भारत भ्रमणमा उत्तराखण्डको नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । 

लामिछाने धनगढी हुँदै भारत जाने र तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किने सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति:
थप राजनीति