नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाण्डौ – सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ तारिख अर्थात् मंसिर १८ देखि पुस ६ गतेसम्म काठमाण्डौमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । 

Cricket-1792641582.jpg

प्रकाशित मिति:
थप खेलकुद