नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ‘ए’ टी–२० को मान्यता

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका सम्पूर्ण खेललाई लिस्ट ‘ए’ टी–२० को मान्यता दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एक विज्ञप्तिमार्फत् लिस्ट ‘ए’ मान्यताबारे जानकारी गराउनुभएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा यही कात्तिक ९ गतेदेखि शुरु हुने तेस्रो संस्करणको एनपीएलका सम्पूर्ण खेललाई आईसीसीले मान्यता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
थप खेलकुद