नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाण्डौ आउँदै

काठमाण्डौ – भारतका विदेश सचिव विक्रम मिश्री नेपालको औपचारिक भ्रमणका क्रममा आज काठमाण्डौ आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिने भ्रमणमा विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वसँग शिष्टाचार भेटघाट समेत गर्नुहुनेछ ।

त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीबारे पनि छलफल हुनेछ । मिश्रीको यो तेस्रो औपचारिक नेपाल भ्रमण हो । उहाँ भोलि नयाँ दिल्ली फर्कने कार्यतालिका छ ।

यसअघि हिजो नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाण्डौ आउनुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति