नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गर्नुभएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यस विषयमा सहमति भइसकेको उहाँले बताउनुभएको छ । ट्रम्पका अनुसार अमेरिकाले अब इजरायललाई वार्षिक चार अर्ब डलर आर्थिक सहायता नदिने घोषणा गरेको रोयर्टसले जनाएको छ ।

 तर आवश्यक परेको अवस्थामा हतियार बिक्री र अन्य माध्यमबाट हुने सहयोग भने निरन्तर रहने  ट्रम्पको भनाइ छ । अमेरिकामा मध्यावधि चुनाव र त्यसको नतिजा आउनेक्रम चलिरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गर्नुभएको हो ।

उहाँले इजरायललाई दिइने सैन्य सहायता केही डेमोक्र्याट नेताहरूले रिपब्लिकन पार्टीको आलोचना गर्न प्रयोग गरिरहेको बताउनुभयो । यो विषयलाई राजनीतिक विवादको मुद्दा बन्न नदिन सहायता रोक्ने निर्णय गरिएको ट्रम्पको भनाइ छ ।

अमेरिकाले इजरायललाई हरेक वर्ष तीन अर्ब ८० करोड डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । सन् २०१९ मा भएको सम्झौताअनुसार यो सहायता सन् २०२८ को सेप्टेम्बरसम्म जारी रहने व्यवस्था छ । 

प्रकाशित मिति:
थप विश्व